नियम ८
काज सम्बन्धी व्यवस्था
(१) मन्त्रालयले सेवाका कर्मचारी तथा मन्त्रालयमा कार्यरत अन्य सेवाका कर्मचारीलाई नियोगमा काजमा खटाउन सक्नेछ ।
(२) नियोग प्रमुखले नियोगमा कार्यरत कर्मचारीलाई आफ्नो कार्यक्षेत्रभित्र काजमा खटाउन सक्नेछ ।
(३) नियोगमा सरुवा भएका कर्मचारीलाई बरबुझारथ तथा ब्रिफिङको लागि निज त्यस्तो नियोगमा हाजिर हुन जानु भन्दा बढीमा सात दिन अगावै काजमा खटाउन सकिनेछ ।
(४) मन्त्रालयले नियोगको प्रमुख तथा राजपत्रांकित कर्मचारीलाई आवश्यक परामर्शका लागि मन्त्रालयमा काजमा बोलाउन सक्नेछ ।